बुधबार, चैत्र २५, २०८२

एकैपटक ४ लाख शैक्षिक शुल्क बढाएपछि चक्रवर्ती ल कलेजमा ताला


कान्तिपथ


शुल्कवृद्धिको विरोधमा विद्यार्थीहरूले गरेको आन्दोलनका कारण विजुलीबजारस्थित चक्रवर्ती ल कलेजमा बिहानैबाट तनावग्रस्त बनेको छ । कलेजले पाँच वर्षे बीएएलएलबीको शैक्षिक शुल्क ६ लाख रूपैयाँबाट एकैपटक १० लाख ७० हजार पुर्‍याएपछि विद्यार्थी आन्दोलित बनेका हुन् । नेविसंघ र अखिलले संयुक्तरूपमा गरेको आन्दोलनका कारण कलेजमा तीन दिनदेखि पठकपाठन हुन सकेको छैन ।

आन्दोलित विद्यार्थीले गत आइतबार शुल्कवृद्धिको विरोधमा कलेजमा तालाबन्दी गरेका थिए । हिजो सोमबार कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिहरूबीच वार्ता भएको थियो । वार्तामा कलेजले ५० हजार मात्रै शुल्क घटाउन तयार रहेको बताएपछि सहमति हुन सकेन ।

बिए. एलएलबी अध्यापन गराउनका लागि सम्बन्धन प्राप्त त्रिविका दुई क्याम्पस नेपाल ल क्याम्पस र पृथ्वी नारायण क्याम्पसले मात्र बिए. एलएलबीका लागि फि को सिलिङ्ग तोकेका छन्, पुर्वान्चल विश्वविध्यालय आफैं मुर्झाएपछि चक्रवर्ती लगायतका क्याम्पस बिना मापदण्ड मनपरी शुल्क तोक्ने थालेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत