बुधबार, चैत्र २५, २०८२

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा


कान्तिपथ



पहिराका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोटको पचालझरना गाउँपालिका–४ जाँफेबगरमा पहिरो जाँदा कर्णाली करिडोर अवरुद्ध भएको थियो । यस्तै खाँडाचक्र नगरपालिका–२ जतेबजारमा समेत पहिरो गएको थियो ।

पूर्ण रुपमा अवरुद्ध भएको उक्त करिडोर गाउँपालिकासँग समन्वय गरेर प्रहरीले सञ्चालन गरेको थियो । यस्तै कर्णाली राजमार्गको जितबजार नजिकै गएको पहिरो पन्छाएर अहिले यातायात सञ्चालन गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।

वर्षाका कारण जुनसुकै बेला पनि पहिरो आउने सम्भावना रहेकाले सडक डिभिजन कार्यालयले राजमार्गको ठाउँठाउँमा टोली परिचालन गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत