बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • वृक्षारोपण गर्दै विप्लव निकट विद्यार्थीले मनाए प्रज्वल स्मृति दिवस

वृक्षारोपण गर्दै विप्लव निकट विद्यार्थीले मनाए प्रज्वल स्मृति दिवस


कान्तिपथ


नेत्र विक्रम चन्द (विप्लब) नेतृत्वको कनेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला समिति डडेलधुराले आलिताल गाउँपालिका भित्र पर्ने पर्यटकीय क्षेत्र आलीताल परिसरमा वृक्षारोपण सरसफाइ गरेको छ । सोमबार उक्त क्षेत्रमा बृक्षारोपण गरिएको अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेश इन्चार्ज बबरजंग सिंहले बताए ।

एकीकृत जनक्रान्तिका सहिद प्रज्वल शाहीको स्मृतिमा आलिताल क्षेत्रमा वृक्षारोपण लगायत सरसफाइ गरिएको सिंहले बताए । उनले भने, ´महान सहिद प्रज्वलको स्मृतिमा सुदुरपश्चिम प्रदेश समिति अन्तर्गतका सबै जिल्लाहरुमा वृक्षारोपण गर्ने कार्यक्रम छ ।`

वृक्षारोपण कार्यक्रममा अखिल क्रान्तिकारी डडेलधुरा इन्चार्ज ललित एसके, संगठनका केन्द्रीय सदस्य शंकर खाती , संगठनकै डडेलधुरा अध्यक्ष गणेश बोहोरा लगायत अन्यको सहभागिता रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत