बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • चक्रवर्ती ल कलेजलाई वृद्धि गरिएको शुल्क फिर्ता गर्न क्रान्तिकारीको चेतावनी

चक्रवर्ती ल कलेजलाई वृद्धि गरिएको शुल्क फिर्ता गर्न क्रान्तिकारीको चेतावनी


कान्तिपथ


अखिल (क्रान्तिकारी) को पुर्वान्चल विश्वविध्यालय राष्ट्रिय समितिले चक्रवर्ती ल कलेजले अस्वाभाविक रुपमा बढाएको शैक्षिक शुल्क फिर्ता लिन माग गरेको छ । आज एक विज्ञप्ति जारि गर्दै संगठनका अध्यक्ष टोपेन्द्र खड्का र प्रमुख सचिव सन्दिप पुनले बढेको शुल्क फिर्ता गर्न चेतावनी दिएका हुन् ।

शुल्कवृद्धिको विरोधमा विद्यार्थीहरूले गरेको आन्दोलनका कारण विजुलीबजारस्थित चक्रवर्ती ल कलेजमा बिहानैबाट तनावग्रस्त बनेको छ । कलेजले पाँच वर्षे बीएएलएलबीको शैक्षिक शुल्क ६ लाख रूपैयाँबाट एकैपटक १० लाख ७० हजार पुर्‍याएपछि विद्यार्थी आन्दोलित बनेका हुन् ।

आन्दोलित विद्यार्थीले गत आइतबार शुल्कवृद्धिको विरोधमा कलेजमा तालाबन्दी गरेका थिए । हिजो सोमबार कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिहरूबीच वार्ता भएको थियो । वार्तामा कलेजले ५० हजार मात्रै शुल्क घटाउन तयार रहेको बताएपछि सहमति हुन सकेन ।

बिए. एलएलबी अध्यापन गराउनका लागि सम्बन्धन प्राप्त त्रिविका दुई क्याम्पस नेपाल ल क्याम्पस र पृथ्वी नारायण क्याम्पसले मात्र बिए. एलएलबीका लागि फि को सिलिङ्ग तोकेका छन्, पुर्वान्चल विश्वविध्यालय आफैं मुर्झाएपछि चक्रवर्ती लगायतका क्याम्पस बिना मापदण्ड मनपरी शुल्क तोक्ने थालेका छन् ।

राष्ट्रिय समितिले शुल्क फिर्ता नलिए सशक्त आन्दोलन गर्ने बताएको छ । उक्त कलेजले शैक्षिक सत्र २०७९/८० को भर्ना शुल्कमा वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । कलेजले गतवर्ष ७ लाख १६ हजार रुपैयाँ रहेको बीएएलएलबीको शुल्क एकैपटक १० लाख ७० हजार पुर्‍याएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित विद्यार्थीहरूले आइतवार शुल्कवृद्धिको विरोधमा कलेजमा तालाबन्दी गरेका थिए ।

सोमवार कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिहरूबीच भएको वार्तामा कलेजले ५० हजार शुल्क घटाउने बताएको थियो । तर, विद्यार्थीहरूले पुरानै शुल्क कायम गरिनुपर्ने अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत