रुस सन् २०२४ पछि अन्तर्राष्ट्रिय स्पेस स्टेसन(आईएसएस)बाट बाहिरिने भएको छ। रुसका नयाँ अन्तरिक्ष प्रमुखले मंगलबार आईएसएसबाट बाहिरिने घोषणा गरेका हुन्। आईएसएसको स्थापना सन् १९९८ मा अमेरिका र रुससहित क्यानडा, जापान र ११ युरोपेली मुलुकको सहकार्यमा गरिएको थियो।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै आईएसएसबारे अमेरिका र रुसको साझेदारीबारे प्रश्न उठेको थियो। यस्तो अवस्थामा रुसी अन्तरिक्ष अध्ययन केन्द्रबाट अनपेक्षितरुपमा यस्तो घोषणा आएको हो।
दुई साताअघि मात्र अमेरिका र रुसले भविष्यमा आईएसएसमा आउन वा जान दुवै मुलुकका अन्तरिक्षयात्रीले एउटै उडानको प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।