बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको प्रेम सम्बन्ध टुंगिएको छ। ६ वर्षदेखि डेटमा रहेको यो जोडीले आफ्नो सम्बन्ध संचार मध्यममा कहिले पनि स्वीकारेका थियेनन । तर दुवैलाई प्रायः कार्यक्रम तथा अरु बेला पनि सँगै देख्न सकिन्थ्यो । तर यो जोडीअलग भएको छ । बलिउड सञ्चारमाध्यमका अनुसार एक वर्षदेखि उनीहरुको सम्बन्धमा उतारचढाव आएको थियो ।
सञ्चारमाध्यमका अनुसार यस वर्षको सुरुवातमै उनीहरु अलग भएका थिए । सूत्रका अनुसार अब यी दुई सँगै छैनन् । दुवैबीच के भयो त्यो स्पष्ट छैन, तर उनीहरु अहिले अलग अलग छन् ।
ब्रेकअपको पुष्टि गर्दै टाइगर निकट साथीले भने, ‘हामी सबै जनालाई एक साता पहिल्यैदेखि थाहा थियो । उनीहरुले आजसम्म यसबारे कसैसँग कुरा पनि गरेका छैनन् । अहिले टाइगर आफ्नो करियरमा फोकस दिन चाहन्छन । दिशासँगको ब्रेकअपपछि उनी त्यति प्रभावित छैनन् ।’
दिशा आगामी फिल्म ‘एक भिलेन रिटर्न्स’मा देखिंदैछन् । टाइगर चाहिं ‘गणपत’ र ‘बागी ४’ मा देखिने भएका छन् ।