बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • चक्रवर्तीलाई क्रान्तिकारीले भन्यो: कानुन पढाउनेले विद्यार्थीमाथि बाउन्सर लगाएर कानुन नतोड !

चक्रवर्तीलाई क्रान्तिकारीले भन्यो: कानुन पढाउनेले विद्यार्थीमाथि बाउन्सर लगाएर कानुन नतोड !


कान्तिपथ


चक्रवर्ती हबि ल कलेजले अवैज्ञानिक ढंगले बढाएको शैक्षिक शुल्कको विरुद्धमा अखिल (क्रान्तिकारी) उभिएको छ। नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य समेत रहेकी अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले भनिन, ‘नाफा आर्जनको साधन मात्र बनाएर मुठ्ठीभर हुनेखाने वर्गलाई मात्र सहज हुने उदेश्यका साथ गरिएका यस्ता हर्कतहरु कुनै पनि कोणबाट स्वीकार्न सकिदैन।’

उनले अनेरास्ववियू (क्रान्तिकारी) शिक्षामा देखिएका तमाम विकृति एवं विसंगतिका विरुद्ध सदैव अग्रमोर्चामा रहेर लड्दै आएको विषय जगजाहेर रहेको बताईन । शिक्षामा बढ्दो निजीकरण विरुद्धको आन्दोलन होस् या शैक्षिक दलाल एवं माफियाहरु विरुद्धको आन्दोलन होस्, अखिल (क्रान्तिकारी) दिन-रात नभनी, घाम-पानी नभनी सधै आन्दोलनको मैदानमा रहेको उनको भनाई छ।

शूल्क विवादका कारण उत्पन्न तनावपछि चक्रवर्ती ल कलेज अनिश्चितकालका लागि बन्द गरिएको छ । कलेज व्यवस्थापनले कुनै कारण नखुलाई कलेज बन्द गरिएको सूचना टाँसेको छ ।

पाँच वर्षे बीए एलएलबीको शुल्क एकैपटक झण्डै चार लाख रुपैयाँ बढाएपछि विद्यार्थीहरु आन्दोलित बनेका थिए । कांग्रेस, एमाले र माओवादी निकट विद्यार्थी संगठनले चार दिनअघि कलेजमा तालाबन्दी गरेपछि पठनपाठन हुन सकेको थिएन । हिजो कलेज प्रशासनले जबरजस्ती ताला फुटाएपछि तनाव उत्पन्न भएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको चक्रवर्ती ल कलेजमा शैक्षिक सत्र २०७९ को भर्ना प्रक्रिया सुरु हुँदा अस्वाभाविक रुपमा शुल्क वृद्धि गरिएको थियो । जसअनुसार बीए एलएलबीको शूल्क ७ लाख १६ हजार ४०० रुपैयाँबाट १० लाख ७० हजार रुपैयाँ पुर्‍याइएको छ ।

यस्तै एलएलएमको शुल्क ३ लाख २३ हजार २०० बाट ५ लाख ४८ हजार पुर्‍याइएको छ । सोमबार भएको वार्तामा कलेज व्यवस्थापनले शुल्क बढीमा ५० हजार रुपैयाँमात्रै घटाउन सकिने बताएको थियो । विद्यार्थी संगठनहरु त्यसमा असहमत भएका थिए ।

एकातिर नियम र कानून सबै मिचेर शैक्षिक सत्रको बीचोबीच मनलाग्दी शुल्क वृद्धि गर्ने र अर्कोतिर, विरोधमा उत्रिएका न्यापप्रेमी विद्यार्थीहरुलाई बाउन्सर एवं गुण्डा परिचालन गरेर कुटपिट गर्न लगाउने क्याम्पस प्रशासनको दुस्साहसको कडा प्रतिवाद हुने सिंहको भनाई छ। शिक्षालाई पसल बनाएर खुलेआम किनबेच गर्ने प्रवृत्तिको विरुद्ध भइरहेको विद्यार्थीहरुको प्रतिरोध प्रति क्रान्तिकारीले समर्थन जनाएको छ।

क्रान्तिकारीले अवैधानिक रूपले गरिएको शुल्क वृद्धि तत्काल फिर्ता लिएर बन्द गरिएको क्याम्पसको पठनपाठन तनावरहित वातावरणमा यथाशीघ्र सुचारु गर्न क्याम्पस प्रशासनसँग माग समेत गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत