सहरी विकासमन्त्री मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय गणतन्त्रको दुश्मन भएको आरोप लगाएका छन्। नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्यसमेत रहेका चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्न गठबन्धन बनाउनुपरेको बताए।
दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले निर्वाचन पछिसम्म पनि गठबन्धन कायम रहने दाबी गरेका हुन्। उनले केपी ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था मात्र होइन लोकतन्त्र नै धरापमा पर्ने दाबी गरे।
दुईतिहाइ नजिकको बहुमतलाई ओलीले दुरुपयोग गरेर लोकतन्त्र मास्न खोजेको आरोप लगाउँदै उनले यसैकारण आफूहरूले विद्रोह गर्नुपरेको जिकिर गरे।
दमकमा निर्माणाधीन दमक भ्यु टावरलाई स्थानीय जनताको आवाजलाई समेत बुझ्दै बिजनेस कम्प्लेक्सका रूपमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइने उनले बताए।
मन्त्री चौधरीले फाल्गुनन्द सभा गृहका रूपमा शिलन्यास भई नाम परिवर्तन भएको दमक सभा गृह, दमक १० स्थित इन्दे्रणी ताल, कमल गाउँपालिका वडा नं ५ स्थित लामो समयदेखि बन्न नसकेको आदिवासी रंगशाला तथा स्मृति पार्कको स्थलगत निरिक्षण गरेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ