शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • पारसका छोरालाई राजाको रुपमा हेर्ने पुर्व पत्रकार मिश्रको सपना

पारसका छोरालाई राजाको रुपमा हेर्ने पुर्व पत्रकार मिश्रको सपना


कान्तिपथ


विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती, पारसका छोरा हृदयेन्द्र शाहलाई एक दिन राजाको रुपमा देख्न चाहेको उल्लेख गरेका छन्।

शनिबार हृदयेन्द्रको २१ औँ जन्मदिनको अवसरमा शुभकामना दिँदै उनले फेसबुकमार्फत यस्तो चाहना व्यक्त गरेका हुन्। मिश्रले लेखेका छन्,‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना!’

उनले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा मुलुक ढिलोचाँडो नराम्रो संकटमा फस्ने र संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत