बुधबार, चैत्र २५, २०८२

कर्णाली करिडोर एक सातादेखि बन्द


कान्तिपथ


कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो । सडकमा गाडी थन्किएका छन् । लामो समयदेखि आफुहरु बीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताउनुभयो । “म बाजुराका लागि सामान लिएर जादैँ थिए । लाफा सडकखण्ड आइतबारदेखि बन्द छ”, उहाँले भन्नुभयो । हिले सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्का बताउनुहुन्छ । “हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्”, पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले भन्नुभयो । सडक खुलाउनका लागि पहल थालेपनि डोजर नहुँदा समस्या भएको पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताउनुभयो । “सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौँ, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ”, उहाँले भन्नुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत