शुक्रबार, चैत्र २७, २०८२

अबको १०८ दिनपछि मतदान: मतदाता नामावली संकलन स्थगित


कान्तिपथ


सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । निर्वाचन घोषणा भएपछि मतदाता नामावली संकलन स्थगित हुने प्रचलन रहेको छ ।

आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।

अबको १०८ दिनपछि नेपालमा संसदीय चुनाव हुने भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आउने मंसिर ४ गते एकै चरण संघीय संसद र प्रतिनिधि सभाको चुनाव गर्ने निर्णय गरेको हो। मतदानको दिन आइतबार परेको छ। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत