‘पापाकी परी’ को पेटिकोट डान्स विवादमा !


कान्तिपथ


के हुन्छ होला है बिहेको राति
अँध्यारो कोठामा अञ्जान साथी
के गरौं के गरौं लौ संगी तँ भन्
तँलाई पो भनेँ त अरुलाई नभन्
सम्झेरै गइसक्यो सातो बरिलै

कतिपय शब्द र पेटिकोट डान्सको कारण सुशीला पाठकको स्वरमा तीन दिनअघि रिलिज भएको गीत ‘पापाकी परी’ विवादमा तानिएको छ। यो गीतको भिडियोमा करिश्मा ढकालको उन्मुक्त नृत्यले चर्चा बटुलिरहेको छ । एउटा दृष्यमा उनले पेटिकोट लगाएर नृत्य गरेकी छन् । गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको थियो ।

विवाहका लागि केटो हेर्न आएपछि केटीको मनमा पैदा हुने उथलपुथललाई लिएर यो गीत सिर्जना गरिएको हो । शिव हमालका शब्दमा आशिष अविरलको संगीत यसमा छ ।

गीतमा केहीले नकारात्मक कमेन्ट पनि गरेका छन् । गीतका केही शब्दहरु उछृङ्खल रहेको उनीहरुको तर्क छ । पाठकले गीतबारे आएका टिप्पणीका विषयमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्ने भएकी छन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै पाठकले सो जानकारी दिएकी हुन् । गीतमा कुन पक्षलाई मनोरञ्जनको रुपमा लिने र कुनलाई शिक्षाको रुपमा लिने आफ्नै विवेकमा भर पर्ने उनको भनाइ छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत