शुक्रबार, चैत्र २७, २०८२

गोदावरी खोला सरसफाइ अभियानको एक सय ८०औं हप्ता


कान्तिपथ



गोदावरी खोला सरसफाइ अभियानले गोदावरीको नहर क्षेत्रको खोला सफा गरी एक सय ८०आँै हप्ता पूरा गरेको छ । पर्यटकीय नगरी गोदावरीको वातावरण स्वच्छ तथा हराभरा बनाउन आज नहर सफा गरिएकोे हो । हामीले गोदावरीको वडा नं २ विशङ्खु र नं ३ साबिकको गोदावरी जोड्ने खोला सफा गरी एक सय ८०आँै हप्ता पूरा गरेको अभियानका संयोजक बेबी राजभण्डारीले बताउनुुभयो । उहाँले भन्नुभयो, “सफाइका क्रममा हामीले खोलामा फालिएका थुप्रै पुराना कपडा तथा बोतल एवं प्लास्टिकका झोलाका साथै च्यातिएका बोेरा र घाँसपात आदि सङ्कलन गरी उपयुक्त स्थानमा राखेर नहर क्षेत्रलाई सफा बनायौँ ।”

खोलाका साथै गोदावरी नगरपालिका–१४ ठैव क्षेत्र पनि सफा गरी वडामा आउन सक्ने विभिन्न रोगबारे सचेत तुल्याएको संयोजक राजभण्डारीले जानकारी दिनुभयोे । यसैगरी अभियानले आज गोदावरीका केही स्थानमा सचेतनामूलक बोर्ड राख्ने र पुरानालाई मर्मतसमेत गर्ने काम गरिरहेको अर्की अभियन्ता नारायणी पाण्डेले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत