बिहिबार, अशोज २०, २०७९

थप छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण


कान्तिपथ



आज छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ४१ पुगेको छ । यस अवधिमा चार सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नौ लाख ७२ हजार ६४ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । यससँगै अहिलेसम्म ११ हजार नौ सय ७१ जनाको सङ्क्रमणबाट निधन भएको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ र कास्की रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालिकोट र हुम्ला रहेका छन् ।

यस्तै होम आइसोलेसनमा पाँच हजार चार सय ७१, संस्थागत आइसोलेसनमा एक सय ७०, सघन उपचारकक्ष (आइसीयू)मा ४६ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा २० हजार छ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत