ब्राह्मण समाज नेपाल तनहुँद्वारा दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा तीन सय १५ जनाले रक्षाबन्धन गरेका छन् ।
कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले सामूहिक रक्षाबन्धन कार्यले समाजका रहेको जातिय विभेद न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो समाजले गत वर्षदेखि सामूहिक रक्षाबन्धन कार्य गर्दै आएको छ । समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले सार्वजनिकस्थलमा आयोजना गरिएको सामूहिक रक्षाबन्धन कार्यक्रमले सबैलाई सहज भएको बताउनुभयो । “कोही खाली हात बस्नुपर्ने अवस्था हँुदैन”, उहाँले भन्नुभयो, “सामूहिक रक्षाबन्धनले सबै जातजातिबीच एकापसमा सद्भाव राख्न सहयोग पुग्ने विश्वासले यस अभियान थालेको हौँ ।”समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले यस वर्ष कार्यक्रम आयोजना गर्न सबै क्षेत्रबाट सहयोग मिलेको बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ