सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिती बैठक आज दिउँसो बस्दै छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
एक नेताका अनुसार बैठकमा डा. बाबुराम भट्टराईको पार्टी चुनाव चिह्न र एउटै घोषणापपत्र चुनाव लड्ने, गठबन्धनमा सिटको प्रस्ताव र चुनाव एजेन्डा छन्। माओवादीले प्रत्यक्षतर्फ कम्तीमा ५५ सिट दाबी गरेको छ।
आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुँदै छ। त्यस निर्वाचनमा पनि सत्ता गठबन्धनका दलले तालमेल गर्ने निर्णय गरेका छन्। सिट बाँडफाँटका लागि कार्यदल गठन गरेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ