इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सिजनको पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुललाई २-१ गोल अन्तरले हराउँदै युनाईटेडले पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन जाडोन सान्चो र मार्कस राषफोर्डले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।खेलको १६ औं मिनेटमा सान्चोले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५३ औं मिनेटमा राषफोर्डले गोल गर्दै टिमको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८१ औं मिनेटमा सलाहले एक गोल गरेपनि युनाईटेड २-१ ले विजयी भयो । जितसँगै युनाईटेडले ३ खेलमा ३ अंक जोडेको छ ।
युनाईटेड १४ औं स्थानमा उक्लिएको छ । लिभरपुलले ३ खेलमा २ अंक जोडेको छ । लिभरपुल १६ औं स्थानमा रहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ