शुक्रबार, अशोज २१, २०७९

सिट बाँडफाँटबारे गठबन्धन ‘सहमति नजिक’: भागबण्डा कार्यदलको बैठक बस्दै


कान्तिपथ


आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि ‘भागबण्डा मिलाउन गठित कार्यदलको बैठक मंगलबार पनि बस्दै छ।

सोमबार बसेको बैठकमा सिट बाँडफाँटबारे ‘सहमति नजिक’ पुगेको भनिएको कार्यदलले मंगलबार कुनै निष्कर्ष निकाल्ने नेताहरुको भनाइ छ।

सोमबार बसेको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबारको बैठकबाट सिट बाँडफाँटबारे टुंगोमा पुग्ने बताएका थिए।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सिट बाँडफाँट र त्यस पछिको अवस्थाका बारेमा छलफल भएको मन्त्री कार्कीको भनाइ थियो। बैठकमा सिट बाँडफाँटको आधारबारे छलफल भएको तथा निष्कर्ष नजिक पुगेको र मंगलबार बैठक बसेर टुंग्याइने कार्कीले बताएका थिए।

सोमबारको बैठकमा २०७४ सालको चुनावमा जितेका सिटहरु सम्बन्धित दलले राखेर बाँकी सिटमा भागबण्डा गर्ने छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिएका थिए। बाँकी सिटमा नेपाली कांग्रेसले ६० प्रतिशतले लिने र अरु दलले ४० प्रतिशत पाउने विषयमा छलफल भएको थियो।

‘०७४ को निर्वाचनमा जितेको सिटलाई सम्बन्धित दलले आफूसँग राखेर बाँकी सिटमा भागबण्डा गर्ने छलफल भयो। बाँकी सिटमा कांग्रेसले ६० र अरु दलले ४० प्रतिशत पाउने गरी भागबण्डा गर्ने भन्ने विषयमा छलफल भएको हो। कांग्रेसका नेताहरुले यो विषयमा थप गृहकार्य र आन्तरिक छलफल गरेर निष्कर्षमा पुग्न सकिन्छ भन्नुभएको छ,’ कार्यदलका एक सदस्यले भने।

कार्यदलमा कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत