शुक्रबार, जेष्ठ १, २०८३
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • ४ करोडको घर, पृतनापति हुँदा महिला क्याप्टेनलाई पोखरा लैजाने उपरथी असोजमा घर जाँदै

४ करोडको घर, पृतनापति हुँदा महिला क्याप्टेनलाई पोखरा लैजाने उपरथी असोजमा घर जाँदै


कान्तिपथ


रामेश्वर भट्टराई । अन्तर्मुखी र धार्मिक स्वभावका प्रबन्ध रथी (उपरथी) गोकुल भण्डारी म्याद नथपी घर जाने क्रममा छन् । उमेरले मंसिरमा अवकाश पाउने हो तर कार्यकाल सकिँदैछ असोजमा । ०२३ सालका अशोक सिग्देलको चाहिँ म्याद थपिँदैछ । हालका तीनतारे जर्नेल सरोजप्रताप राणाको म्याद ०८० सालसम्म हो ।

बीचतिर एक वर्ष थपियो भने ताराध्वज पाण्डेको चिफ हुने सपना तुहिन्छ । भर्खरै कंगो घुमेर फर्केका सेकेण्डम्यान बालकृष्ण कार्की यही भदौमा घर जाने भएकाले रिक्त दरबन्दी सीताराम खड्का बढुवा हुँदै छन् भने सरोजप्रतापचाहिँ छिट्टै नै दक्षिण सुडान जाँदै छन् ।

गणेश दलको गणपति हुँदा कमाण्ड गर्न नसकेको आरोपसहित एक वर्ष पूरा नहुँदै हटाइएबाट निकालिएका भण्डारी जर्साबमाथि धनकुटाको बाहिनीपति हुँदा कोशेली बटुलेको र सैनिक जनसम्पर्क निर्देशनालयमा हुँदा मिडियासँग राम्रो सम्बन्ध राख्न नसकेर बीचमै हटाइएको आरोप पनि छ ।

कुँवर थरकी क्याप्टेनलाई आफू पोखराको पृतनापति बनेपछि सँगै लिएर गएको, पूर्णचन्द्र चिफकोमा उजुरी परेपछि सैनिक सचिव विनयविक्रम राणाले उनलाई तुरुन्त पोष्टिङ फिर्ता गरेको तर माफी मागेपछि कारवाही नगरिएको सैनिकवृत्तमा चर्चा रहेको रामेश्वर भट्टराईले जनआस्थामा लेखेका छन्।

यसबीच फाष्ट ट्र्याकको दुई सुरुङ खन्न ५० अर्ब दिँदा ६ जति नेता र सेनाले खाएको पाइएको छ । सीमावर्ती क्षेत्रमा कोरोनाबाट जोगिन होल्डिङ सेन्टरको निम्ति घुमाएर फोल्ड गर्न नमिल्ने खाट दुई हजारमा ल्याइयो तर बिल ५३ सयको बन्यो । म्याट, खाट, स्लाइन झुण्ड्याउने स्ट्याण्ड, फोल्ड नहुने खाट ल्याउँदा त झन् कति भद्रगोल कति ।

नेपाल–भारत बोर्डरको दुई–तीन किलोमिटरभित्र झापा, विराटनगर (रानी), कपिलवस्तु (कृष्णनगरसहित दुई ठाउँ), धनगढी, नेपालगञ्ज, महेन्द्रनगरमा कोभिड रोगी राख्ने होल्डिङ सेन्टर बनाउन एक ठाउँमै २८–२९ करोड गएकामा ८ ठाउँको जम्मै ठेक्का एउटैलाई दिइयो । पोहोर असारमै तयार गरेर हस्तान्तरण हुनुपर्ने हो तर अहिलेसम्म धेरैतिर अन्तिम काम भएकै छैन ।

रकम निकासा केपी शर्मा ओली नेतृत्वकै सरकारले गरेको हो । सेनाका इञ्जिनियर संरचना निर्माणमा जोडिएकाले गोकुल भण्डारी स्वतः त्यसमा परेका हुन् । कोरोनासँग मान्छे डराउनै छाडे, होल्डिङ सेन्टर कहिले बनिसक्ने हो ? अब प्रदेश सरकारले यसलाई पाहुना घर बनाउने कि सम्मेलन केन्द्र ?

ती होल्डिङ सेन्टरहरुमा धेरै ठाउँमा मापदण्डअनुसार नबनेको पाइएको छ । त्यसका लागि गोप्यरुपमा बुझ्ने काम भइरहेको छ । चिफसाबको गाउँले रहनुभएका उहाँले चार करोड बढीको घर बनाउनुभएको छ । अब अवकाशको मुखमा त्यता सर्ने तयारी हुँदै छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत