शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • कर्मचारी समायोजनको मुद्धामा फैसला: १३ वटामा परमादेश, अरु खारेज

कर्मचारी समायोजनको मुद्धामा फैसला: १३ वटामा परमादेश, अरु खारेज


कान्तिपथ


सर्वोच्च अदालते कर्मचारी समायोजन विवादमा फैसला सुनाएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पाँच न्यायाधीशको इजलासले मंगलबार फैसला सुनाएको हो।

९८ थान रिटमा सर्वोच्चले फैसला सुनाउदै अधिकांश रिट खारेज गर्ने फैसला गरेको छ। सर्वोच्चले १३ थान रिटमा परमादेश जारी गर्दै अन्यलाई खारेज गरेको हो।

यसअघि आइतबार निसुमा रहको मुद्दाको पेसी मंगलबारका लागि सारेको थियो। भदौ १ गते सुनुवाइ सकेर पहिलो निसु (निर्णय सुनाउने) मिति तोकिएको थियो।

आइतबार पनि फैसला नभएपछि मंगलबारका लागि सारिएको थियो। यो मुद्दामा फैसला नहुँदा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको कामले पूर्णता पाउने सकेका थिएनन्। सरकारले समायोजनका लागि पठाएपछि कर्मचारीहरुले अदालतको मुद्दा देखाउँदै आएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत