मङ्लबार, बैशाख ८, २०८३

माधवको पार्टीको भोलि पहिलो जन्मदिन


कान्तिपथ


नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एमालेबाट अलग्गिएर नयाँ पार्टी बनाएको दिन भदौ ९ गते बिहिवारलाई पुनर्गठन दिवसको रूपमा मनाउन लागिएको हो ।

कार्यक्रम बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा दिउँसो १ बजे आयोजना गरिएको छ । सो कार्यक्रमलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विशेष सम्बोधन गर्नुहुने उक्त पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरले बताए ।

त्यस्तै पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि विशेष सम्बोधन गर्ने कार्यक्रम छ। तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी सिद्ध्याउने प्रवृत्तिको विरुद्ध विद्रोह गर्नु परेको जनाउँदै अध्यक्ष नेपालको नेतृत्वमा २०७८ भदौ ९ गते निर्वाचन आयोगमा पार्टी दर्ता भएको थियो । एकीकृत समाजवादी औपचारिक रूपमा दर्ता भएको भोलि १ वर्ष पुग्दै छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत