बुधबार, चैत्र २५, २०८२

लामोसाँघु–जिरी सडकका लागि जग्गा अधिग्रहण थालनी


कान्तिपथ



लामोसाँघु–जिरी सडक निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भौतिक पूर्वाधार यातायात मन्त्रालय, सडक विभागबाट निर्माणाधीन लामोसाँघु–जिरी सडकखण्डमा पर्ने सुनकोसी नदी पुलको बायाँ किनारातर्फको २७ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।

निर्माण गर्न सडक विभागको नाममा जग्गा प्राप्त गर्न मन्त्रिपरिषद्बाट २०७६ पुस २८ गते निर्णय भएको र जग्गाप्राप्ति ऐन–२०३४ को दफा १८ (१) को प्रयोजनका लागि जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायत विवरण सङ्कलन गरी सूचनासमेत प्रकाशन गरिसकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत