‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताए । कट्टेल पनि झापा-५ कै मतदाता हुन् ।
कट्टेलले उम्मेदवारी दिने तयारी गरेपछि अहिले सामाजिक सञ्जालमा उनको चुनावी पोस्टरसहित प्रचारप्रसार सुरु भएको छ । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो ।