शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • चोलेन्द्रशमशेरको दोश्रो दिनको बयान सुरु: आज नि धेरै डामिदै !

चोलेन्द्रशमशेरको दोश्रो दिनको बयान सुरु: आज नि धेरै डामिदै !


कान्तिपथ


निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिसमक्ष आज पनि बयान दिन सुरू गरेका छन्। बुधबार पहिलो दिन विषय मात्र प्रवेश भएको र प्रश्न धेरै भएकाले जबरालाई बिहीबार ११ बजे पुनः बोलाइएको थियो।

बुधबार उनीमाथिका ४३ प्रश्नमध्ये जबराले चार वटाको जवाफ दिएका थिए। बाँकी प्रश्नको जवाफ आज दिने छन्। प्रतिनिधि सभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो।

सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए। राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिंग गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन्।

राणाविरुद्ध फागुन १ गते महाअभियोग दर्ता भएको थियो । सत्ता पक्षका ९८ सांसदहरुले उनीमाथि २१ आरोप लगाएका थिए। राणामाथि एक्कासी अनपेक्षित रुपमा महाअभियोग दर्ता भएको भने होइन। उनीविरुद्ध शुरुमा पूर्वन्यायाधीश फोरमले आवाज उठाएको थियो। पूर्वन्यायाधीश फोरमले २०७८ कात्तिक ५ गते विज्ञप्ति जारी गरेर राणाविरुद्ध आवाज उठाउन भनेको थियो।

राणाले आफूमाथि लागेको आरोपहरु झुटा हुन् र यो प्रमाणित हुन सक्दैन भन्नका लागि अरुमाथि फायर खोलेका छन्। अब त्यसको जवाफ र प्रतिक्रिया कसरी आउने हो आगामी दिनमा मात्र खुल्नेछ। तर राणाले संसदीय समितिमा सहकर्मी न्यायाधीशहरु, पूर्वन्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारीहरु र सर्वोच्च बारका अध्यक्षविरुद्ध खुलेर फायर गरे।

राणाले सर्वोच्च अदालतमा कार्यरत सहकर्मीहरुमध्ये तीन न्यायाधीशविरुद्ध तितो पोखे। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की र प्रकाश राउतमाथि राणाले फायर गरे।

राणा आफूमाथि लागेको महाअभियोगको बचाउमा समितिमा उभिएका थिए, तर सहकर्मी न्यायाधीशदेखि बारका पदाधिकारीमाथि उल्टै आरोप लगाउनमा केन्द्रित भए। उनले तत्कालीन समयमा आफूविरुद्ध आन्दोलन गर्ने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलमाथि न्यायाधीश पद मागेको आरोप लगाए ।

नेपाल बारका पूर्वपदाधिकारीले उच्च अदालतको न्यायाधीश मागेको र सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले मुद्दा मिलाइदिनुपर्ने कुरा राखेको राणाले आरोप लगाए। संवैधानिक कानुनका विज्ञ शाक्यले अदालतमा देखिएको अवरोध हटाउन भनी गरेको छलफलका क्रममा आफूसँग यस्तो माग गरेको राणाको दाबी छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत