२०७९ आश्विन १ गते भक्तपुरको कौशलटारस्थित व्हाईट प्यालेस ब्यांक्वेटमा बुसिदो मुया थाई प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ् उक्त प्रतियोगिता आयोजना गरिएको बुसिदो MMA अध्यक्ष उमेश गुरूङले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
कार्यक्रमको पुर्व जानकारीका लागि आयोजित पत्रकार सम्मेलनमा IFMA मुया थाई केन्द्रीय अध्यक्ष भिमसेन गुरूङ, किकबक्सिङ्गका वरिष्ठ प्रशिक्षक प्रभाकर महर्जन, समाजसेवीहरु श्याम कार्की, कुवेर पराजुली, केशव केसीलगायतको उपस्थिति रहेको थियो ।
आयोजक संस्थाका अध्यक्ष गुरुङका अनुसार खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त खेलाडीहरुको उत्साहजनक उपस्थिति रहने छ । आयोजकले सम्पूर्ण खेलप्रेमीलाई सहभागिताको लागि अनुरोध गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ