बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • उत्तरपुस्तिकामा जे पायो त्यहि लेख्नेलाई फन्दा : २ वर्ष परिक्षा दिन अयोग्य !

उत्तरपुस्तिकामा जे पायो त्यहि लेख्नेलाई फन्दा : २ वर्ष परिक्षा दिन अयोग्य !


कान्तिपथ


कर्णाली प्रदेश लोकसेवा आयोगले परीक्षकलाई प्रभावित पार्न उत्तरपुस्तिकामा नीजि विवरण लेख्ने परीक्षार्थीलाई कारबाही गरेको छ । परीक्षकलाई प्रभावित पार्न उत्तरपुस्तिकाको भित्री पृष्ठमा आफ्नो नाम, रोल नम्बर र मोबाइल नम्बर उल्लेख गर्ने २१ जना परीक्षार्थीहरुको आयोगले परीक्षा रद्द गरिदिएको हो ।

उत्तरपुस्तिकामा मोबाइल नम्बर लेख्नेलाई दुई वर्ष तथा नाम र रोल नम्बर लेख्नेलाई एक वर्ष परीक्षा दिन अयोग्य ठहर्याएको आयोगले जनाएको छ ।

आयोगको विज्ञापन नम्बर नं ५०३९५०६÷०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह, सहायकस्तर पाँचौं तह, सवइन्जिनियर पदको गत जेठ २१ गते सञ्चालित लिखित परीक्षामा सहभागी २१ जना परीक्षार्थीले यस्तो हर्कत गरेको भेटिएको थियो ।

आयोगका शाखा अधिकृत कमलप्रसाद उपाध्यायले हिजो जारी गरेको सूचना अनुसार लोकसेवा आयोग ऐन, २०७५ को दफा ६४ (१) (ख) बमोजिम ती परीक्षार्थीलाई कारबाही गरिएको हो । मुगुका राजेन्द्र शाहीलाई आयोगले दुई वर्षका लागि परीक्षा दिन नमिल्ने गरी कारबाही गरेको छ ।

एक वर्षका लागि परीक्षा दिन नपाउनेमा ममता पौडेल क्षेत्री, प्रेम जैसवाल, प्रविण पुलामी मगर, सरोजकुमार महतो, रामबहादुर चौहान मल्ल, अरुणकुमार साह, सुरेश ताम्राकार, सुशील यादव, देवनारायण आचार्य, राजेशकुमार यादव, प्रकाश बडुवाल, भुवनचन्द्र जोशी, राहुल कठरिया, प्रदीप भट्ट, विरेन्द्रबहादुर अधिकारी, डम्मरबहादुर धामी, हिरादेवी डांगी, लोकेन्द्र विष्ट, नरेन्द्र अवस्थी, शम्भुप्रसाद साहलाई पनि कारबाही गरिएको आयोगले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत