एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई हराएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो ।
भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय इनिङ खेले ।
मोहमद नवाजले ४२ रन जोड्दा फकर जमानले १५ रन बनाए । कप्तान बाबर आजम १४ रन बनाएर आउट भए। आसिफ अलीले १६ रन जोडे भने खुस्दिल शाहले अविजित रहदै १४ रन बनाए । पाकिस्तानका शादब खानले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले १/१ विकेट लिए ।
भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाए ।
दीपक होडा १६ तथा ऋषव पन्त १४ रनमा आउट हुँदा सूर्यकुमार यादवले १३ रन बनाए । हार्दिक पाण्डय सुन्य रनमा आउट भए ।
रबी बोस्नोई ८ रनमा अविजित रहदा भुवनेश्वर कुमार सुन्य रनमा अविजित रहे । भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डय, अश्रदिप सिह, रबि बोस्नोई र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ