आइतवार, अशोज ९, २०७९

पल शाह प्रकरणकी नाबालिगले १० लाख नलिने


कान्तिपथ


अभिनेता पल शाहलाई बलात्कार आरोपमा मुद्धा हालेकी पीडित नाबालिग किशोरीले आफूले क्षतिपूर्तिवापतको रकम माग दावी नगरेको र नलिने बताएकी छिन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै ती पीडित किशोरीले अदालतले गरेको फैसला अनुसारको क्षतिपूर्ति बापतको उक्त रकम लिने मनसाय आफ्नो नरहेको बताएकी हुन् ।

आफूले भोगेको उक्त घटना आफ्नो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना भएको उनले बताएकी छन् ।

सामाजिक सञ्जालमा आफ्नोविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मानसपटलमा नकरात्मक प्रभाव परेकाे पनि उनले बताएकी छन् ।

उक्त समस्यालाई आफ्नै परिवारको जसरी सम्झनसमेत उनले आग्रह गरेकी छन् । उनले आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग रहेकोसमेत दावी गरेकी छन् ।

अभिनेता पल शाहलाई ती किशोरीलाई यौन दुर्व्यवहार गरेको आधारमा अदालतले साढे २ वर्ष जेलसहित १० लाख क्षतिपूर्ति र २५ हजार जरिवानाको फैसला गरेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत