बुधबार, चैत्र २५, २०८२

निरन्तर वर्षाले कर्णाली राजमार्ग अवरुद्ध


कान्तिपथ



निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आई राजमार्ग अवरुद्ध भएको छ । गुरास गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो आइ सुर्खेत–दैलेख सडकखण्ड अवरोधपछि प्रहरी टोलीसँग समन्वयन गरी खुलाइसकिएको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत