राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन्।
रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेको बताइएको छ। काठमाडौंका २ या ३ बाट चुनावी तयारी गरेका भनिएका रविले मनोनयनको बेला चितवनका २ रोजेका हुन्।
यसअघि रवीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट उठ्ने बताएका थिए। तर प्रचण्ड गोरखाबाट चुनाव लड्ने भए।
चितवन २ मा कांग्रेसले उमेश श्रेष्ठलाई उठाउने भएको छ। एमालेले चितवन २ बाट कृष्णभक्त पोखरेललाई उठाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ