मध्यपूर्वपछि जापानको म्यूजिकल शो टूरमा आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले आयोजना गरेको कन्सर्टमा सहभागी भएका भिटेन अहिले आफ्नो हरकतको कारण चर्चामा छन ।
उनले सो कन्सर्टमा गरेको तमासालाई सम्हालन आयोजकलाई हम्मे-हम्मे परेको थियो । उनले स्टेजमा गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काएका थिए र त्यस पछि उनी एक्कासी मञ्चमा ढले र गीत गाएनन् । भुइँमै ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरे । बोटलले आफ्नै टाउकोमा हानेर स्टेज मै ढले पछि आयोजकले पानी छम्किएर केही बेरमा उठाए । केही बेरमा भिटेन उठे पनि उनी गाउन नसक्ने अवस्थामा रहेका कारण उनले कन्सर्टमा गाउन नसक्ने बताए ।
दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शोज नगर्ने र यही नै अन्तिम हुने पनि बताएका भिटेनले एक्कासी किन यस्तो हर्कत गरे र स्टेजमा बेहोस् भए भन्नेबारेमा दर्शक र आयोजकको आफ्नै तर्क छन् ।
मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको त्यहाँ पुगेका दर्शक बताउँछन् । अर्कोतर्फ, आयोजक चाहिँ मदिराको कारण भिटेन बेहोस् नभएको दावी गर्छ । मदिराकै कारण उनी ढलेका हुन् वा स्वास्थ्यको कारण भन्ने कुरामा मतैक्य छैन ।
यद्यपी, बेहोस भएपछि उठेका उनले शारीरिक असन्तुलनको कारणले आफू ढलेको दावी गरेका छन् । भिटेनले गाउन छाडेपछि आयोजकले उनलाई स्टेज पछाडि लगेका थिए ।
कार्यक्रमलाई सुचारू राख्न त्यसपछि स्थानीय कलाकार र डिजेले दर्शकलाई मनोरञ्जन दिएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ