शुक्रबार, चैत्र २७, २०८२

बेञ्जिमाले जिते बलोन डि ओरको उपाधि


कान्तिपथ


फ्रान्स तथा स्पेनिस क्लब रियल मड्रिडका फर्वार्ड करिम बेञ्जिमाले बलोन डि ओरुको उपाधि जितेका छन्। वर्षको उत्कृष्ट फुटबलरलाई फिफाले प्रदान गर्दै आएको यो फुटबलकै सर्वोच्च उपाधि हो।

बेञ्जिमाले २०२१/२०२२ को लागि यो उपाधि पहिलो पटक हात पारेका हुन्। यसअघिका १३ संस्करणमा लियोनल मेस्सी ७ र क्रिस्टियानो रोनाल्डोले ५ पटक यो उपाधि हात पारेका छन्।

२०२१/२२ मा बेञ्जिमाले ४६ खेलमा ४४ गोल गरेका छन् भने रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा जित्न महत्त्वपूर्ण भूमिका
खेलेका छन्।

यस्तै बार्सिलोनाकी एलेक्सिया पुटेलासले महिलातर्फको बलोन डि ओर प्राप्त गरिन्।यस्तै इङ्ग्लिस प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीलाई क्लब अफ दि यरु बाट सम्मानित गरिएको छ।

यस्तै बेञ्जिमा सन् १९९८ पछि यो उपाधि पाउने पहिलो फ्रेञ्च फुटबलर बनेका छन्। यसअघि जिनेदिन जिदानले सन् १९९८ मा बलोन डि ओर पाएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत