पूर्वसभामुख, काठमाडौँ क्षेत्र नं २ कि प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले डेंगुबाट निधन भएकी कलाकार सुशीला घ्लान तामाङका परिवारलाई भेटेर समवेदना प्रकट गरेकी छन्।
काठमाडौंको शंखरापुर नगरपालिका–१ स्थित घ्लानको घर पुगेर उनले परिवार र आफन्तलाई समवेदना दिएकी हुन्। २५ वर्षीया घ्लानको शुक्रबार जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।
घ्लानले अभियन गरेको टुङ्नाको धुन, डम्फुमा सेलो, दुप्चेश्वर मेला, ल्होछार मेलाजस्ता गीत लोकप्रिय छन्। उनले अभिनय गरेको ‘मायाभन्दा ठूलो जात होइन, कहाँ पर्यो घर’ बोलको म्युजिक भिडियो सार्वजनिक हुने क्रममा छ। शुक्रबार नै उक्त म्युजिक भिडियो सार्वजनिक गर्ने कार्यक्रम थियो। तर, घ्लानको निधन भएका कारण रोकिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ