शुक्रबार, चैत्र २७, २०८२

बिरामीलाई हाल्न मृगौला निकालेर डाक्टर फरार भएपछि वीर अस्पतालमा भद्रगोल


कान्तिपथ


बुहारीमा प्रत्यारोपण गर्न निकालिएको सासूको मिर्गौला प्रत्यारोपण नगरी सर्जन अस्पतालबाट बाहिरिएपछि वीर अस्पताल दुई दिनयता तनावग्रस्त बनेको छ । डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठ बिरामीका आफन्त र अस्पतालमा समेत जानकारी नगराई हिँडेपछि तनाव उत्पन्न भएको हो ।

गएको मंगलबार उनीहरू वीर अस्पतालबाट हिँडेका थिए । उनीहरू धादिङको गल्छी गाउँपालिका–२, कल्लेरीकी ३५ वर्षीया चमेली गैरेलाई उनकै ५८ वर्षीया सासूबाट मिर्गौला प्रत्यारोपण गर्न खटिएका थिए ।

तीन महिनायता विभिन्न परीक्षण गरी मंगलबार प्रत्यारोपणको ‘डेट फिक्स’ गरिएको थियो । तर, सो मिर्गौला प्रत्यारोपण गर्न नसकिने भन्दै सर्जनहरू अस्पतालबाट बाहिरिएका थिए । त्यसपछि बिरामीका आफन्तहरू आन्दोलित भएका हुन् ।

अस्पतालले यो घटनाको विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा. प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यमा रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा. अशेष ढुंगाना, सीटीभीएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत