शुक्रबार, चैत्र २७, २०८२

भुस्याहा कुकुरको टोकाईबाट एकैदिन २८ जना घाइते


कान्तिपथ


पाल्पा । जिल्लाको माथागढी गाउँपालिका भित्रका विभिन्न क्षेत्रमा भुस्याहा कुकुरले टोक्दा एकैदिन २८ जना घाइते भएका छन् । सो क्षेत्रमा केही दिनयता भुस्याहा कुकुरको बिगबिगी बढेको छ । घाइतेहरूको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

हिजो मात्र भुस्याहा कुकुरको टोकाइबाट २८ जना घाइते भएका छन् । माथागढीको वडा नं. १, चिदीपानी, २ रुप्से र ३ कसेनीका गरी २५जनालाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको माथागढी–१ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयो । भुस्याहा कुकुरले कोहीलाई अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा टोकेको अध्यक्ष पन्थीले बताउनुभयो ।

उनीहरूमध्ये ४ जनालाई घाँटीदेखि माथिको भागमा टोकेकाले इमिनोग्लोबिन इन्जेक्सन लगाउनुपर्ने अवस्था रहेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । कुकुरको टोकाइबाट घाइते सबैको उपचार निःशुल्क गरिने उहाँले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत