काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ।

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

तिहार सुरु भएसँगै बजारमा चहलपहल र झकिझकाउ सुरु भइसकेको छ। तिहारमा बजारमा मानिसहरूको भीड लाग्न थालेको छ।]

काठमाडौँको निकै व्यस्त रहने बजार असन, इन्द्रचोक, न्युरोड, नयाँबानेश्वर क्षेत्रमा तिहारका लागि चाहिने सामग्री किनबेच गर्नेहरूको भिड लाग्न थालेको छ ।

व्यापारीहरूले विशेष गरेर भाइटीकाको दिन आवश्यक पर्ने भाइ मसला, मखमली फूलको माला, ओखर, सप्तरङ्गी टीका, दियोलगायत सामग्री बिक्रीका लागि राखेका छन्।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ