शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • अंकतालिकाको अन्तिममा रहेको नटिङ्घम फरेस्टद्वारा लिभरपुलको धुलाई

अंकतालिकाको अन्तिममा रहेको नटिङ्घम फरेस्टद्वारा लिभरपुलको धुलाई


कान्तिपथ


अघिल्लो खेलमा उपाधि दौडको म्यानचेस्टर सिटीलाई हराएको लिभरपुल शनिबार भएको खेलमा रेलिगेशन जोनको नटिङ्घम फरेस्टसँग पराजित भएको छ।

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा लिभरपुललाई अंकतालिकाको अन्तिममा रहेको फरेस्टले १-० गोलले पराजित गरेको हो।

घरेलु मैदानको फाइदा उठाउँदै फरेस्टले लिभरपुलमाथि सनसनीपूर्ण जित निकालेको हो। लिभरपुलकै पूर्व खेलाडी ताइवो अवोनियिकको गोलबाट घरेलु टोलीले महत्वपूर्ण तीन अंक बटुल्यो।

अघिल्लो सिजन लिभरपुल छाडेका उनले खेलको ५५ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो। लिभरपुलले जारी सिजनको प्रिमियर लिगमा घरेलु मैदानबाहिर जित्न सकेको छैन।

यो जितपछि फरेस्ट ९ अंकसहित तालिकाको १९ औँ स्थानमा चढेको छ। लिभरपुल भने १६ अंक बुटल्दै लिगको सातौँ स्थानमा छ। उसले यो सिजन उपाधिमाथि चुनौती दिने लक्षण देखाएको छैन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत