काठमाडौंमा शुक्रबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाको ३३० वटै निर्वाचन क्षेत्रमा संयुक्तरुपमा निर्वाचन परिचालन समितिको साझा संयन्त्र निर्माण गरेर केन्द्रीय प्रतिनिधि परिचालन गर्ने निर्णय गरेकाे हाे ।
खटिएका संगठनका अध्यक्षहरु गठबन्धनका शीर्ष नेतृत्व र विद्यार्थी संगठनका पूर्व अध्यक्षहरुको निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा सहभागी बन्ने निर्णय गरेको छ। समितिले सम्बन्धित निर्वाचन क्षेत्रको बाम(लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुसँग जोडिएर परिचालनको कार्यक्रम बनाउने छन्
साथै संयुक्त विद्यार्थी निर्वाचन परिचालनको निर्वाचन क्षेत्रीय स्तरको बैठक एकआपसमा आलोपालो अध्यक्षतामा बस्नेछ ।
सम्बन्धित निर्वाचन क्षेत्रमा मतदाता भएका संगठनका पदाधिकारीहरुसँग आवश्यक समन्वय गर्ने र गठबन्धनमा आवद्ध विद्यार्थी संगठनका विभिन्न निकायमा क्रियाशील सम्पूर्ण नेता कार्यकर्ताहरु अबको एक हप्ता भित्रमा आ-आफ्नो निर्वाचन क्षेत्रमा अनिवार्यरुपमा केन्द्रित बन्न निर्देशन दिएकाे छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ