शुक्रबार, चैत्र २७, २०८२

डाक्टर कुटिएपछि गोरखा अस्पताल आएका बिरामीहरू धमाधम रिफर


कान्तिपथ


गोरखा  ।  नियमित ड्युटीमा रहेका डाक्टरलाई ढोका थुनेर कुटपिट गरेपछि गोरखा अस्पतालको सेवा प्रभावित भएको छ ।  कात्तिक ६ गते तीन जना युवाहरूले ओपिडीमा चेकजाँच गरिरहेका डाक्टरमाथि कुटपिट गरेका थिए । घटनापछि चिकित्सक अस्पतालमा नियमित रुपमा सहजै काममा फर्किएका छैनन् ।

यस अवधिमा गोरखा अस्पतालबाट ५४ जना बिरामी रिफर भएका छन् । अन्य अवस्थामा खासै रिफर हुने गरेका थिएनन् ।  चिकित्सक कुटिएपछि अस्पतालले बिरामी भर्ना र उपचार भन्दा रिफर धेरै गरेको छ । भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गरिएको थियो ।

‘चिकित्सकको मनोबल गिरेको छ, सुरक्षा संवेदनशीलता बढेको छ’, उनले भने ‘दोषीलाई हदैसम्मको कडा कारबाही हुनुपर्छ भन्ने हाम्रो माग छ ।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरीकुमार श्रेष्ठले बताउनुभयो ।

डाक्टर कुटपिटमा संलग्न भएका गोरखा नगरपालिका ८ का २८ वर्षीय समिर कुँवर, १९ वर्षीय अनुप बस्नेत, गोनपा ३ का २६ वर्षीय प्रमोदजंग कुँवरलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत