च्याम्पियन्स लिगअन्तर्गत बुधबार भएको खेलमा पीएसजीका किलियन एमबाप्पेले नयाँ कीर्तिमान बनाएका छन्। उनी च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेरमा ४० गोल गर्ने खेलाडी बनेका छन्। यसअघि सबैभन्दा कम उमेरमा ४० च्याम्पियन्स लिग गोल गर्ने कीर्तिमान लियोनेल मेस्सीकै नाममा थियो।
उनले २३ वर्ष ३१७ दिनमा ४० च्याम्पियन्स लिग गोल गरेका हुन्। बुधबार भएको युभेन्टसविरुद्धको खेलको १३ औं मिनेटमा एमबाप्पेले लियोनेल मेस्सीको पासमा गोल गरेका थिए।
यससँगै उनले च्याम्पियन्स लिगमा आफ्नो ४० गोल पूरा गरेका हुन्। मेस्सीले २४ वर्ष १३० दिनमा ४० च्याम्पियन्स लिग गोल गरेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ