बुधबार, चैत्र २५, २०८२

वर्षाले अवरुद्ध अछामका ग्रामीण सडक सुचारु गरिँदै


कान्तिपथ


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

अछाम । अछामका स्थानीय तह बर्षाले अवरुद्ध भएका ग्रामीण सडक सुचारु गर्न थालेका छन् । 

वर्षातको बेला तथा असोज पहिलो हप्ता परेको अविरल वर्षाका कारण अवरुद्ध बनेका सडकहरू स्थानीय तहले सञ्चालन गरिरहेका हुन । यस्तै चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलको मदाने, पित्रेना, खालगडा ग्रामीण सडक सुचारु भएको छ ।

वर्षाले भत्काएको तथा विभिन्न कारणले अधुरो रहेको सडकको निर्माण तथा मर्मत कार्य सम्पन्न पश्चात् आजबाट सडक सुचारु भएको हो । बाँकी रहेको करिब ५ किलोमिटर सडकको निर्माण गरी मुख्य सडक बोहरागाउँमा जोडिएको गाउँपालिका अध्यक्ष भीम बहादुर साउदले बताउनुभयो । अध्यक्ष साउँदले पालिकाको समग्र विकासका लागी आफु प्रतिबद्ध रहेको बताउनुभएको छ । अन्य सडक पनि सञ्चालन गरिरहेको पालिकाले जनाएको छ । 

हरेक नागरिकहरूलाई स्थानीय सरकारको महसुस हुने गरी काम गर्दै अगाडि बढिरहेको भन्दै प्रत्येक वडाका टोलहरूलाई सडक सञ्जालमा जोडिने बताउनुभयो ।

यता जिल्लाको मङ्गलसेन नगरपालिकाले पनि नगरक्षेत्रका ग्रामीण सडक सञ्चालन गरिरहेको छ । नगरका १४ वटै वडामा रहेका मुख्य सडक मर्मत गर्ने कार्य जारी रहेको र हाल करिब १० वडाका सडक सुचारु भइसकेका मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले बताउनुभयो । नगरको डोजर प्रयोग गरी सडक मर्मत गर्ने कार्य भइरहेको उहाँको भनाई छ । जिल्लाका अन्य पालिकाले पनि ग्रामीण सडक सुचारु गर्न लागिरहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत