म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार राति एस्टन भिल्लाले युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा एस्टन भिल्लाको जितमा लियोन बेलीले, लुकास डिग्ने र जाकोब राम्सीले गोल गरे । एस्टन भिल्लाका जाकोब राम्सीले आत्मघाति गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एक गोल भने उपाहार स्वरुप पाएको थियो ।
यो जितसँगै एस्टन भिल्ला लिगको १३औँ स्थानमा उक्लिएको छ । एस्टन भिल्लाको १४ खेलबाट १५ अंक भएको छ । पराजित म्यानचेस्टर युनाइटेड भने पाँचौँ स्थानमा छ । युनाइटेडको १३ खेलबाट २३ अंक छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ