शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • चेल्सीलाई उसकै मैदानमा हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

चेल्सीलाई उसकै मैदानमा हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा


कान्तिपथ


इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु टिम चेल्सीले आफ्नै मैदानमा आर्सनललाई रोक्न सकेन । पहिलो हाफमा बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा गोल खान पुग्यो । आर्सनलको जितमा गाब्रियल मागालहाइसले गोल गरे ।

उनले खेलको ६३औँ मिनेटमा गोल गर्दै आर्सनललाई जित दिलाए । प्रिमियर लिगमै भएको अर्को खेलमा साउथह्याम्पटन न्युक्यासलसँग ४–१ गोलले पराजित भएको छ ।

अर्को खेलमा क्रिस्टल प्यालेसले वेष्टहामलाई २–१ गोलले हराएको छ । जितसँगै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलको १३ खेलबाट ३४ अंक भएको छ ।

पराजित चेल्सी भने सातौँ स्थानमा छ । चेल्सीको १३ खेलबाट २१ अंक छ । दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको १३ खेलबाट ३२ अंक छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत