मङ्लबार, माघ २९, २०८१

डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुग्यो


कान्तिपथ


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार दुई सय १७ जना सङ्क्रमित रहेका छन् । दोस्रो धेरै सङ्क्रमित लुम्बिनी प्रदेशमा चार हजार आठ सय २७ र प्रदेश १ मा एक हजार नौ सय ३३ रहेका छन् ।

यस्तै सबैभन्दा कम सङ्क्रमित भएको भनिएको कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या छ सय ७२ पुगेको छ । काठमाडौँ जिल्ला सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् । काठमाडौँमा आइतबारसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ हजार सात सय ३२ पुगेको छ । क्रमशः ललितपुरमा नौ हजार ५००, भक्तपुरमा पाँच हजार तीन सय ६६, मकवानपुरमा पाँच हजार दुई सय ८१ र चितवनमा दुई हजार पाँच सय ८० रहेको छ । छ दिनमा डेङ्गुको छ सय २४ नयाँ सङ्क्रमित थपिएका हुन् ।

यस्तै अहिलेसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सय ३९ पालिका, ६० जिल्ला र सातै प्रदेशमा ‘खोज र नष्ट गर’ अभियानमार्फत डेङ्गु सङ्क्रमण नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयले बताएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत