शुक्रबार, चैत्र २७, २०८२

ब्राजिल र स्विडेनको विश्वकप टोलि घोषणा


कान्तिपथ


फिफा विश्वकपका लागि ब्राजिलले २६ सदस्यीय टोलीको घोषणा गरेको छ। पाँच पटकको उपाधि दाबेदार ब्राजिलले लिभरपुलका रोबर्टो फिर्मिनोलाई टोली बाहिर राख्दै टोलीको घोषणा गरेको हो।

ब्राजिलले आक्रमणमा अनुभवी र युवा खेलाडीलाई समेटेको छ। सन् २००२ पछि उपाधि जित्न नसकेको ब्राजिल यो पटक उपाधि जित्ने रणनितिमा छ।

कतार विश्वकपमा ब्राजिल, सर्बिया, स्विटजरल्याण्ड र क्यामरुन रहेको समूह जी मा छ।

ब्राजिलको टोली :
गोलरक्षक : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेंगो)

डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्हस (पीएसजी), ड्यानिलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिसाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)

मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमराएस (न्युकासल युनाइटेड) र एभर्टन रिबिएरो (फ्लामेंगो)

फरवार्ड : नेयमार (पिएसजी), रिचारलीसन (टोटेनहम हट्सपर), भिनीसियस जुनिअर (रियल म्याड्रिड), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रोड्रिगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), ग्याब्रिएल जेसस (आर्सनल) र ग्याब्रिएल मार्टिनेली (आर्सनल)

म्यानचेष्टर युनाइटेडका मिडफिल्डर क्रिश्चियन एरिक्सनलाई टोलीमा राख्दै डेनमार्कले कतार विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ।

सन् २०२० को युरो कपमा फिनल्याण्डविरुद्धको खेलमा ‘कार्डियाक एरेस्ट’ भएपछि मैदानमा ढलेका उनी स्वस्थ्य भएर मैदान फर्किसकेका छन्।

डेनमार्कले विश्वकपका लागि अहिले २१ सदस्यीय टोलीको घोषणा गरेपनि बाँकी ५ खेलाडी युरोपेली खेलको अन्तिम चरणपछि बाँकी खेलाडीको घोषणा गर्ने जनाएको छ। नोभेम्बर १३ भित्र अन्तिम टोलीको नाम फिफामा बुझाउनुपर्ने हुन्छ।

समूह डी मा रहेको डेनमार्कले नोभेम्बर २२ मा ट्युनिया, २६ नोभेम्बरमा साविक विजेता फ्रान्स र ३० नोभेम्बरमा अष्ट्रेलियासँग खेल्ने तालिका छ।

डेनमार्कको प्रारम्भिक टोली :
गोलरक्षकः कास्पेर जाइर(नाइस), ओलिभर क्रिस्टेनसेन (हर्थ बर्लिन)

डिफेन्डरः साइमन कजायर (एसी मिलान), जोआकिम एन्डरसन (क्रिस्टल प्यालेस), जोकिम माहेले (एटलान्टा), एन्ड्रियास क्रिस्टेनसेन (बार्सिलोना), रासमुस क्रिस्टेनसेन (लीड्स युनाइटेड), जेन्स स्ट्राइगर लार्सन (ट्राब्जोन्सपोर), भिक्टर नेल्सन (गालाटासारे), डेनियल वास (ब्रोन्डबी)

मिडफिल्डरः थोमस डेलानी (सेभिल्ला), म्याथियास जेन्सेन (ब्रेन्टफोर्ड), क्रिश्चियन इरिक्सन –म्यानचेष्टर युनाइटेड), पियरे–एमिल शोज्ब्जर्ग (टोटनह्याम)

फरवर्डः आन्द्रेस कोभ ओल्सेन (क्लब ब्रुग), जेस्पर लिन्डस्ट्रोम –फ्रान्कफर्ट), आन्द्रेस कोर्निलुस( कोपनहेगन), मार्टिन ब्रेथवेट (इस्प्याुनअल), कास्पर डोलवर्ग (सेभिल्ला), मिक्कील डामगार्ड (ब्रेन्टफोर्ड), जोनस विन्ड (भीएफएल वुल्फवर्ग)



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत