प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले भूकम्पले घर भत्काउँदा घाइते भएकाहरुको तत्काल उचिव उपचारको प्रबन्ध गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै प्रधानमन्त्री देउवाले खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै ज्यान गुमाउनेका परिवारजनमा समवेदना प्रकट गरेका छन्।
मंगलबार रातिदेखि बुधबार बिहानसम्म गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पको धक्काले घर भत्किँदा च्यापिएर ६ जनाको मृत्यु भएको हो। घर भत्किएर च्यापिँदा अन्य ५ जना घाइते भएका छन्।
मृत्यु हुनेमा पूर्वीचौधी–३ ठाडागाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी छोरी १२ वर्षीया छोरी तुलसी बोहरा र प्रेमकै घरमा सुतिरहेकी स्थानीय स्थानीय रामवीर बोहराकी १७ वर्षीय छोरी धनसरी बोहरा छन्। यस्तै, सोही गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोला भट्टले भुकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको जानकारी दिए। भट्टका अनुसार भूकम्पको धक्काले पूर्वीचौकी गाउँपालिकामा ८ वटा घर भत्किएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ