बुधबार, फाल्गुन ६, २०८२

पाँचथरको धार्मिक तथा पर्यटकीय क्षेत्र जोरपोखरी (फोटोफिचर)


कान्तिपथ


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ५ र वडा नं. ६ को सीमानामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र जोरपोखरी बहुसाँस्कृतिक बहुधार्मिक आस्थाको केन्द्र हो ।  

जोरपोखरी क्षेत्रमा आ–आफ्ना धार्मिक विशेषता छन् । यस क्षेत्रलाई नेपालमा मनाइने सबै धर्महरूको आस्थाको केन्द्र बनाउन स्थानीय लागिपरेका छन् । 

धार्मिक इतिहास बोकेको यो क्षेत्र हिन्दु, किरात, बौद्ध, इसाई लगायत धर्मालवम्बीहरुले समन्वयात्मक तरिकाले अङ्गालेका छन् । जोरपोखरी क्षेत्रमा हिन्दुको ब्रम्हायोग आश्रम शिवालय मन्दिर, किरातको फाल्गुनन्द माङहिम, इसाइको हेब्रन चर्च छन् भने बौद्धको गुम्बा निर्माणाधीन अवस्थामा छ । एक अर्काको धर्म संस्कृतिलाई सम्मान गरी पूजा तथा अन्य कार्यक्रममा सहभागी हुने गरेको स्थानीय कर्णश्याम लावतीको भनाई छ । 

करिब ३ सय वर्षअघि यहाँ देवी पोखरी र सिद्ध पोखरी दुवैको एक साथ उत्पत्ति भएकाले यी दुई वटै पोखरी जोर पोखरीको नामले चिनिँदै आएको छ । 

सदरमुकाम फिदिमदेखि ३० किलोमिटरको दुरीमा रहेको जोरपोखरी क्षेत्रलाई बाह्य पर्यटकको रोजाइमा पार्नको लागी राज्यले ध्यान दिनुपर्ने स्थानीय बताउँछन् । धार्मिक सहिष्णुताको केन्द्र रहेको यस क्षेत्रलाई संरक्षण र संवर्धनमा जोड दिनुपर्ने देखिन्छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत