
सामाजिक संजालमा माेडल करिश्मा ढकालकाे एक चर्चित नाम हो । अहिलेकी चर्चित र व्यस्त मोडलकाे रुपमा उनकाे करियर अघि बढी रहदा अहिलेसम्म उनले अभिनय गरेका म्युजिक भिडियो एक हजारभन्दा बढी बाहिरिसकेका छन् ।

‘कलाकारिताप्रति सानैदेखि रुचि राखेकि करिश्मा स्कुलका कार्यक्रममा नाच्ने, पुरस्कार जित्ने गर्थें,’ करिश्मा भन्छिन्, ‘पहिलोपटक अंकल अन्टीले ‘सेल्फी सेल्फी’ बोलको तीज गीतमा नाच्ने मौका दिनुभयो । त्यहीँबाट मेरो करिअर सुरु भयो ।’

करिश्माले पहिलो भिडियोको गीत वसन्त थापा र लक्ष्मी मल्लले गाएका थिए भने श्रीकृष्ण बम मल्लको शब्द थियो । त्यो तीज गीत निकै चलेपछि उनको डिमान्ड बढ्यो ।

एकै दिनमा पाँच वटासम्म भिडियो खेलेको अनुभव हासिल गरेको बताउने करिश्मा खासमा हिरोइन बन्न चाहन्छिन् । भन्छिन्, ‘म यही कलाकारिता क्षेत्रमै नाम उचो बनाउन चाहन्छु । मलाई अब हिरोइन बन्ने इच्छा छ ।’ उनलाई हिरोइन बन्ने अफर पनि आइरहेको रहेछ ।

उनै करिश्मा हाल सोशियल मीडिया प्रयोग गर्नमा पानी ब्यस्त छिन। पछिल्लो पटक निकै हट बनेर फोटोशुट गरेकी छन । हेराैँ उनको इन्स्टाबाट लिएका कहि तस्बिरहरूः






देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ