अभिनेता प्रदीप खड्काले भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन्। आइतबार बेलुका सम्पन्न भएको फेस्टिभलमा उनले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन्।
प्रदीप र ‘प्रेमगीत’ का निर्माता तथा निर्देशक सन्ताेष सेन भारत पुगेका थिए। सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको ‘प्रेमगीत ३’ पहिलो पटक हिन्दी संस्करणमा प्रदर्शन गरिएको हो। फिल्मले विश्वव्यापी रुपमा ३९ करोड कमाएको थियो भने नेपालबाट मात्रै १५ करोड ८ लाख कमाएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ