कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप २०२२ अन्तर्गत आज पाँचौं दिनको दोश्रो खेलमा उरुग्वे र दक्षिण कोरियाको खेल हुदछ।
समूह ‘एच’ अन्तर्गतको खेलमा उरुज्वेले दक्षिण कोरियासँग खेल्दै विश्वकपको शुरुवात गर्न लागेको हो ।
इजुकेशन सिटी स्टेडियममा हुने यो खेल नेपाली समयानुसार साँझ ६:४५ बाट शुरु हुनेछ ।
उरुग्वेले हाल सम्म सन् १९३० र १९५० गरी २ पटक बिश्व कपको उपाधि जित्न सफल रहेको छ
यी दुई टोलीले सबै खाले प्रतियोगिताहरूमा आठ पटक प्रतिस्पर्धा गरेका छन् ।
जसमा ६ वटा मैत्रीपूर्ण खेल रहेका छन् । दक्षिण कोरियाबिरुद्ध उरुवेले ६ खेल जित्दा कोरियाले एक खेल मात्र जित्न सकेको थियो ।
एक खेल भने बराबरीमा टुंगिएकोथियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ